
धादिङ । काठमाडौंको कुलेश्वरमा मण्डली फ्रुट सेन्टर सञ्चालन गरिरहेका धादिङका पुरुषोत्तम घिमिरेले कलंकीपछि धादिङबेसीमा पनि ‘जुस हब’ को शाखा विस्तार गरेका छन् ।
स्वदेशी तथा विदेशी ताजा फलफूल होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका घिमिरेले डेलिभरी सुविधासहित धादिङबेसीमा विगत तीन वर्षअघि नै ‘मण्डली फ्रुट एण्ड भेचिटेबल होलसेल पसल सप्लायर्स’ सञ्चालनमा ल्याएका थिए । कलंकी शाखापछि उनले अहिले धादिङबेसीको बीचबजारमा ताजा ‘जुस हब’ सञ्चालनमा ल्याएका हुन् ।
धादिङबेसी शाखा उद्घाटनपछि घिमिरेले भने,
“धादिङबेसीमा हाम्रो फलफूल होलसेल पसल त विगत तीन वर्षअघिदेखि नै सञ्चालनमा छ। अब व्यस्त बीचबजारमा जुस हब पनि आजदेखि सञ्चालनमा आएको छ। ताजा फलफूलसँगै अब स्वच्छ जुस पनि उपलब्ध गराइनेछ।”
नेपाल फलफूल थोक व्यवसायी संघको कोषाध्यक्ष समेत रहेका घिमिरेले आफ्नो व्यवसायबाट भएको आम्दानीको निश्चित प्रतिशत छुट्याएर सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । तस्वीरः गौरव श्रेष्ठ




