
न्युयोर्क । गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका को २०२५-२७ को कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आगामी अगस्ट १६ र १७ गते अधिवशेन हुने कार्यक्रम रहेको छ ।
केन्द्रिय अध्यक्ष बद्री केसी निकटको यस एनआरएनको उक्त चुनावमा धादिङको थाक्रे गाउँपालिका घर भई २०१४ देखि न्युयोर्क बस्दै आएका रविन विडारीले कोषाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । धादिङ नेपाली समाज अमेरिकाको बोर्ड मेम्बर पनि हुन् ।
यस्तै धादिङ गंगाजमुना गाउँपालि फुलखर्क घरभई २०१९ देखि अमेरिकामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका विक्रम अधिकारीले पनि एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरमको कार्य समिति सदस्य पदमा उम्मेद्वारी दिएका छन् । उनी पनि धादिङ नेपाली समाज अमेरिकामा आवद्ध रहि सहयोग गर्दै आएका व्यक्ति हुन् ।
