धादिङकी प्रस्तुतीले जितिन् अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कास्य

Avatar photo
Dhadingpost
साउन ७, २०८२

सृजना राना क्षेत्री
धादिङ ।
धादिङको धुनीबेसी नगरपालिका भञ्ज्याङपोखरी निवासी कक्षा ९ मा अध्ययनरत प्रस्तुती रानामगरले जुलाई ११ मा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, बैंकक, थाइल्याण्डमा कास्य पदक जित्न सफल भएकी छिन् ।

RIBS (Rhododendron International Boarding School) बलम्बु काठमाडौंमा अध्ययनरत छात्रा मगरले पुम्से विद्यामा कास्यपद जितेर चर्चामा आएकी छिन साथै रिब्स मा वि का प्रशिक्षक काठमाडौँका विवेक महर्जन र लमजुङका जीवन गुरुङले पनि कास्यपद हासिल गर्न सफल भएका छन ।

प्रतियोगितामा थाइल्याण्ड, दक्षिण कोरिया, अमेरिका, मलेसिया, ब्राजिल, फिलिपिन्स, भियतनाम, भारत, इन्डोनेसिया, बङ्गलादेश, नेपाल, पाकिस्तान, रूस, चीन, श्रीलंका, हङकङ, जापान, नाइजेरिया र काजाकस्तानका खेलाडीहरुले भाग लिएका थिए ।