
धादिङ । धादिङ जिल्लाको भलिबलका शानका रुपमा उदाउँदै गरेका तीन जना महिला भलिबल खेलाडीहरुलाई एभरेष्ट महिला भलिबल लिगका लागि विभिन्न तीन क्लवहरुमा अनुबन्ध भएका छन् ।
नीलकण्ठ नगरपालिकाकी वाल्मिका आचार्यलाई ५७ हजार ५ सय रुपैयाँ काठमाडौं स्पाइकर्सले, सिद्धलेक गाउँपालिकाकी रेबिका तामाङ्गलाई ५० हजार रुपैयाँमा कर्णाली याश्विजले, र थाक्रे गाउँपालिकाकी भावना तामाङलाई ५३ हजार रुपैयाँमा पोखरा निन्जाजले अनुबन्ध गरेका हुन् ।
एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यसविस, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, मधेश युनाईटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले प्रतिपर्धा गर्ने छन् । लिग आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना हुने छ ।
