धादिङमा आज योग खेलकुद संघ गठन गरिँदै

Avatar photo
Dhadingpost
साउन ३, २०८२

धादिङ । धादिङबेसीमा आज नेपाल योग खेलकुद संघ धादिङ गठन हुने भएको छ ।

पतन्जली योग समिति धादिङका गोविन्द कुमार श्रेष्ठका अनुसार योग खेलकुद संघ जिल्ला शाखा गठन गर्न भेला राखिएको छ ।धादिङमा २१ भन्दा बढी योग समिति रहेका छन् । योगलाई खेलकुद सँग जोड्न संघमा आवद्ध हुन लागिएको उनले बताए ।

नेपाल योग खेलकुद संघ (Nepal Yoga Sports Association) राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा वि.सं. २०७३ दर्ता भएको संस्था हो । यसका प्रदेश संघहरु बनि सकेका छन् भने जिल्ला शाखाहरु बन्ने क्रम जारी रहेको जनाईएको छ ।

नेपाल योग खेलकुद संघ राखेपमा दर्ता भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्दै आईरहेको छ ।