
धादिङ । नेकपा माओबादी केन्द्र क्षेत्र नं १ को प्रदेश (क) ले गल्छी, थाक्रे र धुनिबेसी नगरपालिका कार्यक्षेत्र बनाएर सहकारी मार्फत उत्पादन मुलक कार्य गर्ने भएकाे छ ।
जनसरोकार कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड मार्फत कृषि उत्पादन कार्य अगाडि बढाउन यी तीन पालिकाका पालिका कमिटीकाे बैठक आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललकाे प्रमुख आतिथ्यतामा बसेकाे छ ।
बैठकमा नेता जम्कट्टेलले पार्टी केन्द्रले क्षेत्रगत रुपमा नमुना याेग्य उत्पादनमूलक काम गर्न दिएकाे निर्देशनमा प्रतिवद्ध भएर लाग्न निर्देशन दिएका थिए ।
बैठकले यी तीन पालिकाका हरेक पार्टी सदस्यलाई जनसरोकार कृषि बहुउद्देश्यीय सहकारीकाे सेयर लिन आव्हान गर्ने निर्णय गरेकाे नेता दिपक लामिछाने (सुबाेध) ले धादिङपाेष्टलाई बताए ।
सहकारीले सुरुमा कृषि उत्पादन गर्छ, हरेक पार्टी सदस्यहरु सेयरधनी बन्छन् । याे उत्पादन मूलक अभियान जिल्लाका अन्य क्षेत्रमा पनि गरिने तयारी पार्टीले गरेकाे उनले बताए ।
