धादिङमा भोली गणित शिक्षकका लागि तालिम हुने

Avatar photo
Dhadingpost
असार ३२, २०८२

धादिङ । गणित शिक्षा परिषद, प्याब्सन र एनप्याब्सन गरी तीन संस्थाको आयोजनामा भोली ( साउन) १ गते धादिङबेसीमा गणित विषयका शिक्षकहरुका लागि एक दिवसीय Professional Development तालिम हुने भएको छ ।

गणित शिक्षा परिषद धादिङका सचिव उत्तम भट्टका अनुसार तालिममा सहभागिताको लागि धादिङका ६८ वटा माध्यामिक विद्यालयका ९७ जना गणित विषयका शिक्षकहरुले नाम दर्ता गराएका छन् ।

Read More publication का डीआर सिंखडाले सहजिकरण गर्ने उक्त तालिममा अतिरिक्त गणित विषयको परिवर्तित पाठ्यक्रम थपघट गरिएका विषयवस्तुको छलफल, प्रश्नपत्र निर्माण प्रक्रिया, गणितमा प्रविधिको प्रयोगका विषय समेटिने जनाईएको छ ।

तालिमको अवसरमा एसईई २०८१ मा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिने कार्यक्रम पनि रहेको परिषदका सचिव भट्टले बताए ।