
धादिङ । सरकारले सुनचाँदी व्यवसायमा २ प्रतिशत बिलासी कर र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत लगाएपछि यतिबेला धादिङ सहित देशभरका सुन चाँदी व्यवसायीहरु चरणबद्ध आन्दोलनमा छन् ।
यसअघि सदरमुकाममा विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका धादिङका सुनचाँदी व्यवसायीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय धादिङको गेटमा धर्ना कार्यक्रम गरेका छन् ।
“हाम्रो धर्ना जारी छ”, “हाम्रो माग पुरा गर”, “सुनमा बिलासी कर हटाऊ” “सुनमा भन्सार कर ६ प्रतिशत कायम गर”, जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरु धर्नामा सहभागी थिए ।
चरणबद्ध विरोधका कार्यक्रमहरु माग पुरा नहुँदा सम्म नरोकिने नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला शाखा धादिङलाई उदृढ गर्दै व्यवसायी कृष्ण सुनारले धादिङपोष्टलाई बताए ।
