
धादिङ । धादिङबेसी सदरमुकाममा राम्रो एउटा पनि खेल मैदान नभईरहेको अवस्थामा खुल्लामञ्च क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको हरित खेल मैदानलाई निरन्तरता दिनेगरि नीलकण्ठ नगरपालिकाले खेलकुदमा १ करोड ३० लाख विनियोज गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तावित अनुमानित बजेटमा नीलकण्ठ नगरपालिकाले खेलकुदलाई महत्वमा राख्दै मैदान निमार्ण र प्रतियोगिताहरुका लागि उक्त रकम विनियोजन गरेको हो ।
धादिङपोष्ट सँग कुरा गर्दै उप मेयर दिपक विश्वकर्माले भने, खुलामञ्च क्षेत्रमा निर्माणधिन अवस्थामा रहेको नमूना हरित खेल मैदान निर्माण गर्न १ करोड, नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड र मेयर कप खेलकुद (व्याडमिन्टन र फुटसल ) र अन्तरपालिका खेलकुद कार्यक्रमलाई ३० लाख विनियोजन भएको छ ।
नीलकण्ठ नगरपालिकाले गत वर्ष प्रतियोगिताहरुका लागि मात्रै ३६ लाख विनियोजन गरेको थियो भने यो वर्ष प्रतियोगिताका लागि वजेट घटाएर ३० लाखमा झारेको छ ।
