धादिङमा प्रदेशद्वारा १३ संस्थालाई खेदकुदमा १ करोड ८० लाख विनियोजन

Avatar photo
Dhadingpost
असार ४, २०८२

धादिङ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा धादिङका विभिन्न १३ संस्थालाई १ करोड ८० लाख विनियोज गरेको छ ।

धादिङमा प्रदेशको खेलकुद वजेट अन्तरगत सबैभन्दा धेरै शारीरिक व्यायम रिचोकटार बेनीघाट रोराङ र वागेश्वरी स्कुल बेनीघाट रोराङको खेल मैदानलाई २५/२५ लाख, उसु क्वान भवन थाक्रेका लागि, टारीबेसी खेल मैदान गल्छीका लागि र प्रदेश स्तरीय क्रिकेट मैदान थाक्रेका लागि १५/१५ लाख विनियोजन भएको छ ।

प्रदेशले धादिङका लागि खेलकुदमा छुट्याएको वजेट
१. शारीरिक व्यायम समाग्री रिचोकटार बेनीघाट रोराङलाई २५ लाख
२. टारी बेसी खेल मैदान निमार्ण गल्छी ३ लाई १५ लाख
३. उसु क्वान भवन निमार्ण थाक्रे ८ लाई १५ लाख
४. प्रदेश स्तरीय क्रिकेट मैदान थाक्रे ८ लाई १५ लाख
५. जिम हाउस थाक्रे ७ लाई १५ लाख
६. टारीबेसी खेल मैदान ज्वालामुखी ४ लाई १० लाख
७. चन्द्र सूर्य खेल मैदान नीलकण्ठ ११ लाई १० लाख
८. उज्यालो खेल मैदान नीलकण्ठ ११ लाई १० लाख
९. जलजल कभर्डहल त्रिपुरासुन्दरी ४ लाई १० लाख
१०. एक्लेफाँट खेल मैदान थाक्रे १ लाई १० लाख
११. वाका खेल मैदान नेत्रावती डवजोङलाई १० लाख
१२. कोल डाँडा खेल मैदान निर्माण सिद्धलेक ७ दाई १० लाख
१३. वागेश्वरी स्कुल बेनीघाट रोराङको खेल मैदानलाई २५ लाख