
धादिङ । नेपाल तेक्वान्दोको संघको आयोजनामा पहिलो पटक एनटिए नेसनल टिम च्याम्पियनसिप २०२५ मा धादिङ जिल्लाबाट ३–३ जनाको दुई टिमले भाग लिने भएका छन् ।
ग्यरोगी विधाको राष्ट्रिय टिम च्याम्पियनसिप आगामी आज र भोली दुई दिन हुने धादिङ तेक्वान्दो संघका सह सचिव गौतम श्रेष्ठले धादिङपोष्टलाई बताए ।
ज्वालामुखी गाउँपालिकाका खेलकुद प्रशिक्षक समेत रहेका श्रेष्ठका अनुसार धादिङबाट आयुष तामाङ ४८ केजी, पावल तामाङ ५१ केजी, प्रदिप तामाङ ४५ केजी एउटा टिम र डेमोन तामाङ ३९ केजी, सुमन घले ५३ केजी, विजय तामाङ ५२ केजी अर्को टिमबाट खेल्दै छन् ।
यस प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा क्याडेट महिला टिम तथा क्याडेट पुरुष टिम साथै १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर महिला टिम तथा जुनियर पुरुष टिम गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय स्तरको टिम फाईट प्रतियोगितामा देश भरका करिब ७०० जना तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाउने संघको अपेक्षा छ ।
प्रत्येक विधाको विजेता टिमलाई स्वर्ण पदक, प्रमाणपत्र तथा टिम प्रथम ट्रफीसहित नगद ५० हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै उपविजेता टिमलाई रजत पदक, प्रमाणपत्र तथा ट्रफीसहित नगद २५हजार पुरस्कार प्रदान गरिनेछ । कूल पुरस्कार राशी ३ लाख रहेको छ ।
