
धादिङ । प्याब्सन धादिङको आयोजनामा तथा नोभा पब्लिकेशनको सहयोगमा दुई दिने विज्ञान शिक्षक कार्यशाला धादिङबेसीमा सम्पन्न भएको छ ।
कार्यशालामा प्याब्सन धादिङ अन्तर्गतका विभिन्न विद्यालयका विज्ञान शिक्षकहरूको सहभागिता रहेको थियो । विज्ञान विषयमा विशेषज्ञता हासिल गरेका डा. चन्तमणि पन्थी कार्यशालालाई सशजिकरण गरेका थिए ।
यस्तै आजै गल्छीमा प्याब्सन धादिङले गणित शिक्षकहरूका लागि कार्यशाला पनि सम्पन्न गरेकाे छ । उक्त कार्यशालामा प्रशिक्षकका रूपमा सुशील खनाल र अशोक डंगोल रहेका थिए । उक्त कार्यशालालाई Allied Publication को सहयोग रहेको थियो ।
शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गरी गुणस्तरीय शिक्षा प्रवाह गर्ने उद्देश्यले प्याब्सन धादिङले विभिन्न विषयगत तालिमहरू सञ्चालन गर्दै आएको प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले बताए ।
कार्यशालाले शिक्षकहरूको ज्ञानमा थप निखार ल्याउने र शिक्षण–अधिगम प्रक्रियामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको प्याब्सन धादिङको सचिव भिम बहादुर श्रेष्ठले बताए ।
