
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १ काउले स्थित प्रकाश माविका विद्यार्थीहरुले विद्यालय मै मौरीपालन गर्ने तयारी गरेका छन् ।
प्रधानाध्यापक शंकर अधिकारीका अनुसार मौरी पालन तथा तरकारी खेती सम्बन्धी प्रारम्भिक तालिम सुरुभएको छ, उक्त तालिममा कक्षा ८ देखि १२ सम्मका बिद्यार्थी, शिक्षक र अगुवा अभिभावकहरु गरि १०० जनाको सहभागिता रहेको छ ।
सिक्दै कमाउँदै कार्यक्रम अन्तर गत विद्यार्थीहरुले विद्यालय मै पहिलो चरण २० घार मौरी पालन गरिने प्रधानाध्यापक अधिकारीले धादिङपोष्टलाई बताए ।
