धादिङका खेलाडी दोलखा पुगे प्रदेशको राष्ट्रपति रनिङ शिल्ड आजदेखि हुँदै

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०८२

धादिङ । दोलखामा आजबाट सुरुहुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ कार्यालय प्रमुख रमेशमान तुलाधर जिल्लाबाट प्रदेशका लागि छनोट भएका खेलाडी लिएर प्रशिक्षक सहित दोलखा पुगेका छन् ।

धादिङबाट उक्त प्रतियोगितामा भलिबल विधामा छात्रा छात्र गरि ९ /९ जना ,कबड्डीमा ९/९ जना , तेक्वान्दो स्पारिङ्ग ६/६ जना र पुम्से तर्फ १/१ जना , कराते स्पारिङ्ग तर्फ ५/५ जना र एकल कातातर्फ १/१ जना ,उसुमा ५/५ जना ,एथलेटिक्समा ११/११ जना सहभागि हुने छन् ।