
हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा धादिङका नवराज छत्कुली सहित सात जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा अग्रज सम्मान पत्रकारिता पुरस्कार मकवानपुरका प्रताप विष्टलाई, संस्थागत पत्रकारिता पुरस्कार काठमाडौंकी शोभा अर्याललाई, प्रदेश युवा पत्रकारिता पुरस्कार नुवाकोटका रामचन्द्र अर्याललाई, प्रदेश गौरव पत्रकारिता पुरस्कार सिन्धुपाल्चोककी कमला तामाङलाई, बागमती पत्रकारिता पुरस्कार काठमाडौंका कुमारभक्त रञ्जितकारलाई, ग्रामीण पत्रकारिता पुरस्कार धादिङका नवराज छत्कुलीलाई र विकास पत्रकारिता पुरस्कार चितवनका नेपोलियन चेपाङलाई प्रदान गरेको हो ।
सातैजना पत्रकारलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिंह लामा र आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले उक्तप्रदान गरेका थिए।
