
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङले यो शैक्षिक सत्रको अवधिमा खेलकुद सहित विभिन्न ६ वटा अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीलाई सहभागि गराउने भएको छ ।
जिल्ला अध्यक्ष दिनेश भट्टका अनुसार यो वर्षको पहिलो अतिरिक्त क्रियाकलाप कक्षा १–५ स्तरीय हिज्जे प्रतियोगिता (Spelling Contest) जेष्ठ २३ गते हुने छ । त्यसपछि कक्षा १–५ स्तरीय नेपाली कथा वचन प्रतियोगिता रोजमेरी धादिङबेसीमा साउन ३० गते हुने छ ।
प्याब्सन धादिङको वार्षिक पात्रो अनुसार चेस प्रतियोगिता भदौ २० गते महाकाली बोर्डिङमा, वक्तृत्वकला सल्यानटार बालविकासमा कार्तिक २८ गते, हाजिरी जवाफ प्रतियोगिता गुड स्टाटमा मंसिर १९ गते हुने जनाईए पनि प्याब्सन प्रेसिडेण्ट कपको मिति भने उल्लेख गरिएको छैन । (अध्यक्ष दिनेश भट्ट हुनुपर्नेमा अन्यथा हुन गएकाेले सच्याएईएकाे छ -सम्पादक)
