
जिल्ला खेलकुद विकास समिति धादिङले सूचना जानकारी गर्दै आगामी जेष्ठ ३ देखि ५ गते सम्म जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने जनाएकाे छ ।
सूचनामा भनिएकाे छ, यस अघि बैशाख १३,१४,१५ गते सञ्चालन हुने भनिएकोमा विभिन्न कारणबसले गर्दा मिति परिवर्तन भई २०८२ जेठ ३,४,५ गते सम्म धादिङबेसीमा सञ्चालन गर्ने निर्णय भएकोले सोहि अनुसार तयारी गर्नुहुन र बैशाख २८ गते भित्र पालिकाबाट छनौट भएका खेलाडिहरुको ईभेन्ट्स सहितको नामावली उपलब्ध गराईदिनु हुन अनुरोध छ ।
अध्यक्ष प्रताप सिं तामाङले धादिङपाेष्ट सँग कुरा गर्दै भने अब मिति परिवर्तन हुँदैन जिल्लाकाे छनाेट लग्गतै जेष्ठ ८ देखि दाेलखामा प्रदेश स्तरीय छनाेट प्रतियाेगिता हुने छ । जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश खल्न जान ट्रयाक सुट र किट समेत प्रदान गरिने उनले बताए ।

