नेपाल खेलकुद महासंघ समाजवादीमा धादिङबाट सात जना चयन

Avatar photo
Dhadingpost
चैत्र १९, २०८१

धादिङ । नेपाल खेलकुद महासंघ समाजवादीको आज सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय समितिमा धादिङबाट सात जना चयन भएका छन् । धादिङबाट चयन हुनेमा महासचिवमा अनिल कुमार रिजाल, उपमहासचिवमा प्रविण के.सी, सचिवमा विवेक अर्याल, सदस्यहरुमा रेशम तामाङ, प्रदिप श्रेष्ठ, मिथुन तामाङ र शम्भु लुईटेल रहेका छन् ।

अधिबेशले अध्यक्षमा अर्जुनभक्त राई, वरिष्ठ उपाध्यक्षमा नारायण दास हमाल, उपाध्यक्षहरुमा शंकर थापा, शिव प्रसाद डाँगी, दिपक बहादुर सिंह, ज्ञानेन्द्र तिमल्सेना, रिता कोईराला, गोपाल न्यौपाने, आकाश पटेल, महिला उपाध्यक्षमा राधिका ऐर हमाल, महासचिवमा अनिल कुमार रिजाल चयन भएका छन् ।

यस्तै उपमहासचिवहरुमा रविन्द्र राई, राम पुडासैनी, उत्तम श्रेष्ठ, प्रविण के.सी, महिला उपमहासचिवमा रजुला जोशी, सचिवहरुमा विवेक अर्याल, कैलास बिष्ट, अर्जुन मेचे, मनोज कुमार राई, किशोर श्रेष्ठ, डिलकुमारी नेपाल, अच्युत खनाल, महिला सचिवमा रेश्मा केसी र कोषाध्यक्षमा चन्द्रमान डंगोललाई चयन गरेको छ ।