बिपद् जोखिम न्युनिकरण कसरी गर्ने सिकाय विज्ञले धादिङका नेताहरुलाई

Avatar photo
Dhadingpost
असार १०, २०७३

धादिङबेसी असार १० । स्थानिय नेताहरुको लागि बिपद् जोखिम न्युनिकरण सम्बन्धी एक दिवसीय तालिम बिहिबार धादिङबेसीमा सम्पन्न भएको छ ।

धादिङ निर्वाचन क्षेत्र बिकास कार्यक्रम र हिमालयन कन्जरभेसन गु्रप पुल्चोक ललितपुरको प्राविधिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो ।

नेपालको भौगोलिक अबस्था, विपद र त्यसबाट जोगिने उपायहरु र नेपालमा भुक्षयको समस्या र समाधानको बारेमा त्रिभुवन बिश्वविद्यालयका सह प्राध्यापक डा.रञ्जन कुमार दाहालले सहजीकरण गर्नु भएको थियो ।

जलबायु परिवर्तन विपद र बिकास निमार्ण कार्य सम्बन्धी त्रिभुबन विश्वबिद्यालयका उप प्राध्यापक रघुबीर विस्ट र विपद् न्युनिकरण र विपद ब्यबस्थापनका लागि स्थानिय स्तरमा गर्न सकिने र गरिनु पर्ने कामहरुको बारेमा एहिमे विश्वविद्यालय जापानका सह प्राध्यापक नेत्र प्रकाश भण्डारीले जानकारी गराउनु भएको थियो ।

यसै गरी स्थानिय बिपद न्युनिकरणका लागि स्थानिय नेताहरुद्धारा कार्य योजना तयारी र प्रस्तुतीको बारेमा पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधारले सहजिकरण गर्नु भएको थियो ।

नेकपा एमालेको सभासद गुरु प्रसाद बुर्लाकोटी, पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधार, त्रिभुवन बिश्वविद्यालयका सह प्राध्यापक रञ्जन कुमार दाहाल, त्रिभुबन विश्वबिद्यालयका उप प्राध्यापक रघुबीर विस्ट, एहिमे विश्वविद्यालय जापानका सह प्राध्यापक नेत्र प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी बिश्व प्रकास सुवेदी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक हरी प्रसाद पौड्ल, नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष राम बहादुर भण्डारी, लगायत विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।