आज धादिङका ६ गाउँपालिकामा विद्युत सेवा अवरुद्ध हुने

Avatar photo
Dhadingpost
कार्तिक ३, २०८१

धादिङ । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय धादिङ वितरण केन्द्रले आज बिहान ८ बजे देखि साँझ ५ बजे सम्म धादिङका विभिन्न ठाउँहरुमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

देविघाट सवस्टेशन देखि रातमाटे सवस्टेशन तारुकाघाट खाल्टे हुदै धादिङबेशी आएको ३३ के. भि. प्रशारण लाईनको तारुकाघाट खाल्टे धादिङबेशी खण्डमा पर्ने ३३ के. भि. प्रशारण लाईनको नजिक रहेको रुखको हागाबिगा काट्ने (Bushcutting), जम्पर सुधार तथा लाईन मर्मत संभार गर्नुपर्ने भएकोले विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

धादिङबेशी, तथा सल्यान्टार सवस्टेशनबाट वितरित सम्पुर्ण फिडर एरियाहरु (नीलकण्ठ नगरपालिका, सिद्धलेक १ र २ वडा, ज्वालामुखी, नेत्रावती डबजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी र आरुघाटको सम्पुर्ण एरियाहरु विद्युत सेवा अवरुद्ध हुने जनाईएको छ ।