धुसेनी कप फुटबल असोज १८ देखि हुने

Avatar photo
Dhadingpost
अशोज ८, २०८१

धादिङ । अन्नपूर्ण युवा समाजको आयोजनामा नीलकण्ठ १ स्थित धुसेनी खेल मैदानमा धुसेनी कप २०८१, 7A Side महिला तथा पुरुष फुटबल  प्रतियोगिता यहि असोज १८ देखि २३ गते सम्म हुने भएको छ ।

धुसेनी खेल मैदानमा हुने उक्त प्रतियोगिताका पुरुष तर्फको विजेता टिमलाई ७० हजार, उप विजेता टिमलाई ५० हजार पुरस्कार प्रदान गरिने छ, भने महिला तर्फको विजेता टिमलाई १५ हजार, उप विजेता टिमलाई & हजार पुरस्कार प्रदान गरिने छ, साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षक समेत पुरस्कारको व्यवस्था गरिनेसूर्य गुरुङले धादिङपोष्टलाई बताए ।

प्रतियोगितामा सहभागी हुन चाहाने क्लबहरुले असोज १० देखि १६ गते सम्म टिम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।

x