राइजिङ स्टारका शिक्षक नविन र शैलेन्द्र पालिका प्रथम

Avatar photo
Dhadingpost
अशोज ५, २०८१

धादिङ । धादिङको चरौंदीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलका दुई शिक्षक नविन रसाईली र शैलेन्द्र गुरुङलाई बेनीघाट रोराङद्वारा राष्ट्रिय शिक्षा दिवसको अवसरमा कक्षा ८ को गणित र विज्ञान विषयमा पालिका प्रथम हुँदै सम्मानित भएका छन् ।

गत साल कक्षा १० को नतिजामा पालिका प्रथम भई सम्मानित भएका यी दुई शिक्षक यसपटक कक्षा ८ को गणित र विज्ञान विषयको नतिजामा पालिका प्रथम भई सम्मानित भएका हुन् ।

कक्षा ८ को गणित विषयमा पालिका प्रथम भएका रसाईलीले माध्यमिक तह कक्षा १० को परिक्षामा अनिवार्य गणित ९० प्रतिशत भन्दा माथि र ऐच्छिक गणितमा १०० प्रतिशत नतिजा निकालेका थिए । बनेपा घर भई दुई वर्ष देखि बोर्डिङ स्कुलकामा कार्यरत अर्का शिक्षक गुरुङले कक्षा ८ मा पालिका प्रथम हुँदा कक्षा १० को परिक्षामा ९१.६७ प्रतिशत (विज्ञान र वातावरण) दुवैमा नतिजा निकालेका थिए ।

बेनीघाट रोराङ राम्रो जतिजा दिँदै आएको राइजिङ स्टार बोर्डिङका प्रिन्सिपल टीका थपलियाले सामाजिक, शिक्षक निर्मल खड्काले नेपाली, दीपेन्द्र भण्डारीले अंग्रेजी, सुरेन थापाले पनि कक्षा १० को परिक्षामा पालिकामा उत्कृष्ट नतिजा दिन सफल भएका थिए ।