बेनीघाट रोराङको वक्तृत्वकलामा मोहन पुरी प्रथम

Avatar photo
Dhadingpost
भदौ २४, २०८१

धादिङ । बेनिघाट रोराङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित म वडाअध्यक्ष शिर्षकमा भएको माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकलामा चन्द्रोदय माविकबाट मोहन पुरी प्रथम भएका छन् भने आधारभूत विद्यालय तर्फ मेरो बेनीघाट रोराङ शिर्षकमा बितेश आवि भारपाङकी छात्रा मल्लिका श्रेष्ठ प्रथम भएकी छिन् ।

माध्यामिक विद्यालय तर्फ २३ जना विद्यार्थी लि भाग लिएकोमा द्वितिय चद्रोदय मावि बाटै सजिना थिङ, तृतीय राष्ट्रिय माबि खोरभञ्ज्याङबाट आयुषा पोखरेल र सान्तोना बागेश्वरी माबि रिचोकटारबाट करूणा परियार भएकी छिन् । यस्तै अधाभूत विद्यालय तर्फ ३६ जना विद्यार्थीहरुले भाग लिएकोमा द्वितिय ब्राईटफ्यूचर मलेखुका आदर्श त्रिपाठी, तृतीय बागेश्वरी माबि, रिचोकटारकी ईशारा रेग्मी र सान्तोना हर्कपुर माबि, हर्कपुरकी सुमी श्रेष्ठ भईन् ।

बेनीघाट रोराङमा सामुदायीक ७३ र संस्थागत ५ गरी ७८ विद्यालय रहेका छन् भने यी विद्यालयमा चालु शैक्षिक वर्षमा १० हजार २७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।