नवराज पाठक शिक्षण पेशाबाट बाहिरिए

Avatar photo
Dhadingpost
भदौ ६, २०८१

धादिङ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको २०८०/०८१ का लागि गणित विषयको विज्ञ समेत भएर काम गरेका धादिङको अचने माध्यामिक विद्यालयका शिक्षक नवराज पाठक शिक्षण पेशाबाट बाहिरिएका छन् ।

गणित शिक्षा परिषदका केन्द्रीय सदस्य समेत रहेका पाठक शिक्षा तालिम केन्द्र धुलिखेल र तनहुका रोष्टर प्रशिक्षक थिए । उनी गाउँपालिकाको शिक्षा शाखामा रहेर केहि समय स्रोतव्यक्ति भएर काम गर्ने मौका पाएका थिए ।

शिक्षक तालिम, विद्यार्थी मोटीभेशन प्रोगाम गणित प्रयोगशाला निर्माण, पाठ्यपुस्तक लेखन, शैक्षिक सामग्री निर्माण तालिम, शिक्षक निर्देशिका लेखन, दुर शिक्षा केन्द्रमा श्रव्य दृश्य कक्षा शिक्षण गरेका पाठक २०५३ साल पुस २८ गते नि मा शि अस्थायी शिक्षकको रुपमा शिक्षण पेशामा प्रवेश गरेका थिए । २०६१ जेष्ठ १९ गते स्थायी शिक्षक बनेका उनी २० वर्ष १ महिना शिक्षण पेशामा व्यतित गर्दै शिक्षण पेशाबाट बाहिरिएका हुन् ।