भोली भारी वर्षा हुनसक्ने सजग हुन आग्रह

Avatar photo
Dhadingpost
साउन २१, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलि साउन २२-२३ गते भारी वर्ष हुन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।