धादिङ, कल्लेरी बैशाख ३१ । युवा संघ धादिङका सिव देवकोटा र बालकृष्ण विकले एमाले परित्याग गरी एमाओवादीमा प्रवेश गरेका छन् । बिहिबार एकिकृत नेकपा माओवादी कल्लेरी गाउँ पार्टी समीतीको वर्डा भेलामा उनीहरु एमाले परित्याग गरि प्रवेस गरेका हुन् ।
भेलाले गौतम खतिवडा इन्चार्ज रहने गरी सीता झ्याली मगरको अध्यक्षतामा ११ सदस्य वडा समीतीको गठन गरीएको छ । समितिको उपाध्यक्षमा एमाले परीत्याग गरेका बालकृष्ण विक सचिवमा शिव देवकोटा रहेका छन्। त्यसैगरी सदस्यहरुमा बालकृष्ण खतिवडा तेज प्रशाद खतीवडा ज्ञानु झ्याली मगर शुशीला झ्याली मगर दुखीराम खतीवडा उर्मिला खतीवडा तिलक खतिवडा रहनुभएको छ ।
एनेकपा माओवादी धादिङका सल्लाकार कृष्णा खतिवडा ए माओवादी कल्लेरीका अध्यक्ष रामशरण सेञ्चुरी सचीव जगतप्रशाद रेग्मी लगाएतको आतिथ्यतामा भेला भएको छ ।
एमाओवादी पाटीकोपछिल्लो राजनीतीक अभियान सगठन पुर्नगठन तथा पाटी सदस्यको नविकरण कार्यक्रम अन्र्तगत वडा भेला गरिएको कल्लेरी पाटी सचीव जगत प्रशाद रेग्मीले बताउनु भयो । यस अघि एमाओवादी कल्लेरीले वडा नम्बर २,३,४,र ९ को वडा भेला सम्पन्न गरिसकेको रामशरण सेन्चुरीले बताउनु भयो ।
