धादिङद्वारा चितवन पराजित, अब सिन्धुपाल्चोक सँग खेल्ने

Avatar photo
Dhadingpost
अशोज २८, २०८०

धादिङ । नेपाल विद्यार्थी संघ रामेछाप आयोजनामा आजबाट सुरुभएको लागेको बागमती प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा धादिङले पहिलो खेल चितवनलाई पराजित गरेको छ । धादिङले पहिलो खेल चितवनलाई सोझो सेटमा पराजित गरेका छ भने धादिङ सँग अब सिन्धुपाल्चोक खेल्ने छ ।

धादिङ जिल्लाबाट राष्टिय टिमका खेलाडीद्वय नेपाल आर्मीका शरण सामरी र नेपाल पुलिसका रविन नगरकोटी समेत सहभागी छन् । उनीहरु दुबै जना धादिङ जिल्लाबासी हुन् ।

धादिङको पोलमा धादिङ, सिन्धुपाल्चोक र चितवन परेका छन् । पोल विजेता अर्को चरण प्रवेस गर्ने छ । यस्तै पोल A मा काठमाडौं, दोलखा र काभ्रे पोल C मा नुवाकोट र ललितपुर पोल D मा रामेछाप र सिन्धुली परेका छन् ।

जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङका अनुसार धादिङ टिमको क्याप्टन मनोज श्रेष्ठ रहेका छन् भने धादिङ टिममा अमल आलेमगर, विदुर इटनी, बुद्धिमान तामाङ, योहाङ् तामाङ, प्रदिप मगर, मोहन तामाङ रहने छन् ।

बागमती प्रदेशका जिल्लाहरु सहभागी हुने यस प्रतियोगिताको पुरस्कार राशी प्रथम २ लाख, द्वितिय १ लाख ५० हजार, तृतिय १ लाख र सान्तोना ५० हजार रहेको छ ।