काउलेमा जारी यू-१७ फुटबलः महिला तर्फ आज फाईनल र पुरुष तर्फ सेमिफाईनल हुँदै

Avatar photo
Dhadingpost
अशोज २०, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १ स्थित काउले खेल मैदानमा जारी अण्डर १७ नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगितामा आज महिला तर्फ फाईनल र पुरुष तर्फ सेफिाईनलका खेलहरु हुने छन् ।

पुरुष तर्फ २६ टिम र महिला तर्फ १० टिमले भाग लिएको यस प्रतियोगितामा आज महिला तर्फको फाईनल खेल कल्लाबारी विरुद्ध फलाटे बीच दिउँसो १२ः३० बजे हुनेछ भने फुरुष तर्फको सेमिफाईनल खेल म्हेन्दो फोले युवा समाज विरुद्ध कल्लाबारीको खेल बिहान ८ बजे र मधुवन विरुद्ध नागिनिथानको खेल बिहान ९ः३० बजे हुने छ ।

मेन्दो फोले युवा समाज काउलेले आयोजना गरेको प्रतियोगिताको पुरस्कार राशी पुरुष तर्फ २१ हजार १११ र उपविजेताले १० हजार १११ र महिला तर्फ प्रथम ११ हजार १११ र उपविजेता ५ हजार १११ रहेको छ । प्रतियोगिता 7A Side मा खेलाईएको अध्यक्ष सुरज गुरुङले धादिङपोष्टलाई बताए ।