धादिङ अस्पतालले जेष्ठ नगरिकका लागि ओपीडी समय बढायो

Avatar photo
Dhadingpost
अशोज ५, २०८०

धादिङ । धादिङ अस्पतालले जेष्ठ नागरिकहरुका लागि बहिरङ्ग अर्थात् ओपीडी सेवाको समयलाई बढाउने भएको छ ।

अस्पतालका नव नियुक्त निमित्त मेडिकल सुपरीटेन्डेण्ट डा. सुरेन्द्र प्रसाद भट्टले सूचना जारी गर्दै असोज ७ गतेबाट धादिङ अस्पतालले जेष्ठ नागरिकले लागि बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म बहिरङ्ग अर्थात् ओपीडी सेवा लिन सक्ने बताएका हुन् ।

स्त्री रोग विषेशज्ञ कन्सल्ट्यान्ट डा. सुरेन्द्र प्रसाद भट्ट केहि समय अघि धादिङमा नै काम गरि वाह्य जिल्लामा सरुवा भएका थिए उनी केहि दिन अघि मात्रै धादिङ अस्पतालको निमित्त मेसु बनेर आएका हुन् । उनले आफ्नो कामको पहलो सुरुवात जेष्ठ नागरिकका लागि ओपीडी सेवाको समय थप गरेका हुन् ।