धादिङको खुल्ला कविता वाचन प्रतियोगितामा ८ जना मात्रै सहभागी

Avatar photo
Dhadingpost
भदौ २२, २०८०

धादिङ । निजामती सेवा दिवसको अबसरमा कर्मचारी मिलन केन्द्र धादिङले बिहिबार आयोजना गरेको कविता वाचन प्रतियोगितामा ८ जनाले मात्रै भागि लिएका छन् । धादिङ जिल्ला साहित्य र सृजनामा अगाडी रहेको जिल्लाको रुपमा लिईन्छ तथापी विहिबार भएको खुल्ला कविता प्रतियोगितामा भाग लिनेको संख्या भने न्यून देखिएको हो ।

उक्त प्रतियोगिताबाट ,शिव दल गण धादिङका गणपति प्रमुख सेनानी अशोकराज वराल प्रथम,जिल्ला अनुसन्धान कार्यलयमा कार्यरत संगीता घिमिरे द्धितिय,मालपोत कार्यलय धादिङमा कार्यरत लिलानाथ पौडेल तृतीय भए ।

प्रतियोगितामा प्रादेशिक सडक डिभिजन कार्यलय धादिङका लेखा अधिकृत राम बहादुर रावल, मालपोत कार्यलय धादिङमा कार्यरत लिलानाथ पौडेल, जिल्ला अनुसन्धान कार्यलयमा कार्यरत सुशान्त बराल, जिल्ला आर्यूवेद अस्पतालमा कार्यरत डा।अमूल्य दाहाल, शिव दल गण धादिङका गणपति प्रमुख सेनानी अशोकराज वराल, धादिङ अस्पतालमा कार्यरत कृष्णलाल उप्रती, जिल्ला प्रशासन कार्यलयमा कार्यरत साजन न्यौपाने, जिल्ला अनुसन्धान कार्यलयमा कार्यरत संगीता घिमिरेले भाग लिएका थिए ।