प्रेस सेन्टरले जिल्ला इन्चार्ज तोक्यो, धादिङमा सिलवाल

Avatar photo
Dhadingpost
भदौ २१, २०८०

धादिङ । प्रेस सेन्टर नेपाल केन्द्रीय पदाधिकारीको बैठकले केन्द्रिय सदस्यहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । जसमा धादिङको इञ्चार्ज जिम्मेवारी नारायण सिलवालले पाएका छन् ।

प्रदेश इञ्चार्ज लक्ष्मण खड्काका अनुसार बागमती प्रदेश अन्तरगतका जिल्लाहरु धादिङमा नारायण सिलावाल, मकवानपुरको ध्रुवराज ढकाल, चितवनको प्रकाश ज्ञवाली, रामेछापको दिलबहादुर केसी, दोलखाको सिर्जना थापा खड्का, सिन्धुपाल्चोकको बिदुर गिरी, नुवाकोटको बद्री प्याकुरेल, रसुवाको शाहस न्यौपानेले इञ्चार्जको जिम्मेवारी पाएका हुन् । काभ्रेपलाञ्चोक र सिन्धुलीको इन्चार्ज भने पछि तोकिने बताईएको छ ।