माओवादी धादिङले ६ हजार नेता कार्यकर्ता अभियानमा परिचालन

Avatar photo
Dhadingpost
भदौ १८, २०८०

धादिङ । माओवादी कैनद्य्र धादिङका संयोजक मनराज भण्डारीले भदौं १६ गते उद्घाटन भएको ‘जनतासँग माओवादी: विशेष रूपान्तरण’ अभियानमा जिल्लाका ६ हजार नेता तथा कार्यकर्ता परिचालन गरिएको बताएका छन् ।

जिल्लाका १३ पालिकाका १०४ वडामा भव्य रुपमा उद्घाटन गरिएको र उक्त अभियनामा जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेल सहित जिल्ला बाहिरबाट केन्द्रीय सदस्यहरु कन्चन खनाल, पुर्ण प्रसाद दवाडी, अप्सरा सिंखडा, शिव कोईराला, सन्तोष बिस्ट, ऋषि काफ्ले केन्द्रीय आयोग, सुरेन्द्र भुजेल, विशेष प्रदेश अध्यक्ष जगत ब.सिंखडा, बागमती प्रदेश समिति कोषाध्यक्ष संगिता भट्टराई समेत धादिङको अभियानमा सहभागि रहेको संयोजक भण्डारीले बताए ।

संयोजक भण्डारीले यो तीन महिने अभियानको अवधिमा धादिङका १ लाख मतदातालाई भेट्ने र १४ हजार पार्टी सदस्यमा १० हजार थपेर २४ हजार पुर्‍याईने लक्ष्य राखिएको धादिङपोष्टलाई बताए ।

धादिङका नेता जिल्ला बाहिरको अभियानमा

अभियान अवधीभर धादिङका नेताहरु केन्द्रिय सदस्यहरु तर्फ मोहन कार्की काठमाडौं, पुष्पविक्रम मल्ल अभियान अनुगमन नुवाकोट र रसुवा, शालिकराम जम्कट्टेल बागमतीका सबै जिल्ला, कल्पना धमला काठमाडौं, रामबहादुर भण्डारी नुवाकोट तादी र बागमती प्रदेशका सह सचिव दलबहादुर बुलाकोटी मकवानपुरगढीमा रहने छन् ।