धादिङ समाज पोर्तुगलद्वारा क्यान्सर पिडित श्रेष्ठलाई सहयोग

Avatar photo
Dhadingpost
भदौ ८, २०८०

धादिङ । धादिंग समाज पोर्तुगलले धादिड्ड जिल्ला निलकण्ठ नगरपालिका वडा नं १४ निवासी क्यान्सर पिडित नारायणकुमार श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ ।

विगत केही समय देखि कलेजोका क्यान्सरबाट ग्रसित भई ललितपुर स्थित नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा उपचारारत रहेका श्रेष्ठको उपचारका लागि धादिड्ड समाज पोर्तुगलले पोर्तुगलमा रहेका नेपालीहरु सँग आर्थिक संकलन गरि ८३ हजार ५२० रुपैयाँ सहयोग गरेको हो ।

सहयोगको लागि: नारायण कुमार श्रेष्ठको खाता
NIC ASIA Bank को Ac No. E587483493524001