एमाले धादिङको तीन दिने प्रशिक्षण भदौ ८ देखि हुने

Avatar photo
Dhadingpost
भदौ ५, २०८०

धादिङ । नेकपा एमाले धादिङले भदौं ८, ९ र १० गते तीन दिन जिल्लाबाट प्रतिनीधित्व गर्ने प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य र पालिका अध्यक्षहरुलाई प्रशिक्षण दिन लागेको छ ।

एमाले धादिङका उप-सचिव राधिका सापकोटाका अनुसार उक्त तीन दिने प्रशिक्षणमा प्रदेश कमिटीका सदस्यहरु २५ जना, जिल्ला कमिटीका १३५ जना र पालिका अध्यक्षहरु १३ जना गरी १७३ जना सहभागि हुने छन् ।

धादिङबेसी स्थित मदनआश्रित स्मृति भवनमा हुने उक्त प्रशिक्षणमा एमाले स्कुल विभागका केन्द्रिय सचिव घनश्यम कोईराला, एमाले बागमतीका इञ्चार्ज गुरु बराल, बागमती प्रदेश स्कुल विभाग इञ्चार्ज इश्वरी रिजाल, केशव पाण्डे, डा. पुष्पराज कडेल र एमाले धादिङका इञ्चार्ज धर्मदत्त देवकोटा लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले धादिङले जनाएको छ ।