रास्वपा निकट धादिङ-काठमाडौं सम्पर्क समिति गठनका लागि सम्पर्क व्यक्ति चयन

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०८०

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट धादिङ-काठमाडौं सम्पर्क समिति गठनका लागि आज सम्पन्न भेलाले पालिका स्तरको सम्पर्क व्यक्ति चयन गरेको छ ।

काठमाडौं रबि भवन स्थित पर्फेक्ट फुडल्यान्डमा शनिबार सम्पन्न भेलाले धादिङबाट काठमाडौंमा रहि विभिन्न पेशा व्यवसायमा रहेकाहरुलाई आवद्ध गर्ने हेतुले गठन हुन लागेको सम्पर्क समितिका लागि सम्पर्क व्यक्ति चयन गरिएको राजन अर्यालले धादिङपोष्टलाई बताए ।

भेलाले हरि प्रसाद तिमल्सिना (त्रीपुरासुन्दरी), बिपुल क्षेत्री (थाक्रे), पुष्पराज त्रिपाठी (बेनीघाट रोराङ), प्रेम भट्ट (नीलकण्ठ), छत्रमान श्रेष्ठ (सिद्धलेक), बिनोद पान्डे (धुनीबेसी ), गणेश भन्डारी (गल्छी), अजय श्रेष्ठ (गजुरी), राजसिङ थापा (गङ्गाजमुना), गोपाल गुरुङ (नेत्रावती डवजोङ), मुक्तिनाथ पाठक (ज्वालामुखि) लाई सम्पर्क व्यक्ति चयन गरेको हो ।

भेलाबाट चयन भएका सम्पर्क व्यक्तिहरुले ३ हप्ता भित्रमा पार्टी सभापति रबि लामिछाने सहित बिभिन्न नेताहरुको उपस्थितिमा बृहत भेला गरि धादिङ-काठमाडौं सम्पर्क समिति गठन गर्ने जिम्मेवारी दिईएको बताईएको छ ।