नीलकण्ठ माविको भलिबलमा १० विद्यालयले भाग लिँदै

Avatar photo
Dhadingpost
फाल्गुन ५, २०७९

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ माध्यामिक विद्यालयले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भिमसेनकुमार श्रेष्ठको स्मृतिमा फागुन ७ गते देखि आयोजना गर्ने भलिबल प्रतियोगितामा १० वटा विद्यालयहरुले सहभागिता जनाउने भएका छन् ।

नीलकण्ठ माध्यामिक विद्यालयले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने गरि आयोजना गर्न लागेको माध्यामिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगितामा बालमन्दिर मावि, धादिङ बोर्डिङ, पशुपति मावि, एड्भान्स एकेडेमी, देउराली मावि, चिल्ड्रेनपार्क बोर्डिङ, नीलकण्ठ बहुप्राविधीक शिक्षालय, जनजागरण प्राविधिकअध्यन स्कुल, नीलकण्ठ मावि, प्रकाश मावि खल्टे रहेका छन् । आज सम्म टिम दर्ताको समय भएपनि भोली टाईसिट बन्ने बेला सम्म एक/ दुई वटा विद्यालय थपनिसक्ने उत्तम भट्टले धादिङपोष्टलाई जानकारी दिए ।

कक्षा १२ सम्म अध्ययनरत जुनसुकै उमेर समुहका विद्यार्थीले सम्बन्धित विद्यालयबाट भाग लिन पाउने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, दोस्रो पुरस्कार २० हजार र तृतिय पुरस्कार १३ हजार रहेको छ । फाईल तस्वीर