धादिङका यी विद्यार्थी नेता, अनेरास्ववियुको निर्वाचनमा विजयी

Avatar photo
Dhadingpost
फाल्गुन ५, २०७९

धादिङ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल विजयी भएका छन् । अनेरास्ववियुको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा धादिङबाट पदाधिकारी सहित दर्जन भन्दा बढीले उम्मेदवारी दिएपनि ५ जनाले आफ्नो लक्ष्य प्राप्ति गरेका छन् भने अरु पराजित भए ।

धादिङबाट उम्मेदवारी दिनेहरु मध्य रक्तिम रेग्मी, प्रवेसिका खनाल, सुनिल कडेंल र घनश्याम विश्वकर्मा केन्द्रिय सदस्यमा विजयी बनेका छन् भने निर्वाचन आयोग सदस्यमा जीत सिटौला निर्वाचित भए । पराजित हुनेमा धादिङका विद्यार्थी नेताहरुमा उपाध्यक्षमा किरण सापकोटा, खुल्ला सचिवमा सन्तोस राना क्षेत्री र संजय दुवाडी, महिला सचिवमा सजिना थापा, स्थायी कमिटी सदस्यमा भुवन श्रेष्ठ र संगीता रेग्मी, अनुशासन आयोग सचिव नविन्द्र चालिसे, अब्जल मिया छन् ।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाए। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।

निर्वाचनमा १५१७ मत खसेको थियो । त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन् । उनले ७३३ मत प्राप्त गरे ।उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले विजयी भएका छन् ।