
धादिङ । धादिङबेसी त्रिवेणीचोक स्थित लक्ष्मण सेनेटरी एण्ड हार्डवयर सप्लायर्सले ग्राहक सँग प्रति इट्टा १७ रुपैयाँ ५० पैसा लिएर बील चाहि ९ रुपैयाँको बनाउने गरेको भेटिएको छ । नेत्रावती डवजोङ गाउँपालिकाको धारापानी सामुदायीक भवन निमार्णको लागि उपभोक्ता समितिलले यस सप्लायर्सबाट इट्टा खरिद गरेको थियो ।
उपभोक्ता समिति सँग प्रति इट्टा १७ रुपैयाँ ५० पैसा लिएर बील चाहि ९ रुपैयाँको मात्रै बनाएको पाईएको हो । धारापानी सामुदायीक भवन निमार्ण उपभोक्ता समितिका लालबहादुर घलेका अनुसार प्रति इट्टा १७ रुपैयाँ ५० पैसा तिरेका छौं, बील ९ रुपैँयाको मात्रै आयो । प्रति इट्टा साढें १७ लिएर ९ रुपैयाँको बील बनाएर उपभोक्ता ठगि भएन र ? भनेर हामीले उक्त सप्लायर्समा सम्पर्क गर्दा हामी ७ रुपैयाँमा खरिद गरेको इट्टा ९ रुपैयाँ भन्दा बढी बिल बनाउन नपाईने भएर उक्त बील बनाईएको स्वीकार गर्यो ।
चितवनबाट हामीले ७ रुपैयामा इट्टा जारेका हौं लोड अनलोड र दुवानी भाडा जोडेर १७ रुपैयाँ ५० पैसा लिएको स्वीकार गर्दै बील चाहि ९ रुपैयाँ भन्दा बढीको बनाउन नमिल्ने भएर त्यतिको बनाईएको बताए । अन्यत्र सबै तिर यहि अनुसार बील बनाउने गरेका छौं बीलमा ढुवानी र लोड अनलोड जोड्न मिल्दैन । कतैबाट विरोध आएको थिएन धारापानी सामुदायीक भवन निमार्ण उपभोक्त समितिमा किन समस्या आयो आफुलाई जानकारी नभएको सप्लायर्सले जनाएको छ ।
नेत्रावती डवजोङका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष ठाकुर गुरुङले पालिकाका योजनाहरुको बील अनुसार भुक्तानी हुने हो । बील कमको ल्याएर, बढी पैसा उपभोक्ताले तिर्न मिल्दैन । उपभोक्त समितिले आफूलाई बीलमा ठगि गरेको प्रमाण सहित जिल्ला प्रशासनमा जानकारी गराई सकेको बताए ।

