
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग(२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।
जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७।४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले यसअघि ओडिआईमा पूरा गरेको सर्वाधिक उच्च योगफल २०१९ मा युएईविरुद्ध तेस्रो खेलमा २ सय ४४ रनको विजयी लक्ष्य ४४।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
नेपालको लागि ओपनर कुशल भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भएका थिए ।
