एन्टाे धादिङको एकै दिन ९ पालिका अधिवेशन सम्पन्न, को-को बने अध्यक्ष ?

Avatar photo
Dhadingpost
माघ २२, २०७९

धादिङ । माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन (एन्टाे) धादिङले एकै दिन धादिङका ९ वटा स्थानीय तहमा पालिका अधिबेशन सम्पन्न गरेको छ । शनिबार जिल्ला सबै स्थानीय तहमा अधिवेशन सक्ने कार्यतालिका भएपनि गल्छी, सिद्धलेक,रुवीभ्याली र धुनिबेसीमा अधिवेशन स्थगित भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङले जनाएको छ ।

२८ गते हुने जिल्ला अधिबेशन अगाडी जिल्लाका सबै पालिका अधिबेशन सकिने वरिष्ठ उपाध्यक्ष तिलक चेपाङले धादिङपोष्टलाई बताए । चेपाङका अनुसार शनिबार ९ वटा पालिकाको अधिबेशन सकिएको छ ।

कुन पालिको अध्यक्षमा को चयन
नीलकण्ठ नगरपालिका
अध्यक्षः दामन गुरुङ
बेनिघाट रोराङ
अध्यक्षः सुमन खनाल
थाक्रे गाउँपालिका
अध्यक्षः बिष्णुप्रसाद अर्याल
ज्वालामुखी गाउँपालिका
अध्यक्षः गणेशकुमार श्रेष्ठ
त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्षः हरिलाल श्रेष्ठ
गंगाजमुना गाउँपालिका
अध्यक्षः यम बानियाँ
गजुरी गाउँपालिका
अध्यक्षः रामकृष्ण पाण्डे
नेत्रावती गाउँपालिका
अध्यक्षः बिनिता तामाङ