
धादिङ । रोटरी क्लव अफ बुटवल र रोटरी क्लव अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा भएको अन्तर जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगितामा रोटरी क्लव अफ धादिङ विजयी भएको छ । RI 3292 Nepal-Bhutan अन्तर्गत क्लवले यस 3rd District Level Rotary Badminton Competition-2022-23 मा भाग लिएका थिए जसमा धादिङ प्रथम भएको हो ।
शनिबार भएको १९ जिल्ला सहभागि उक्त प्रतियोगितामा रोटरी क्लव अफ धादिङ र रोटरी क्लव अफ बुटवल बीच प्रतिस्पर्धा भएको थियो जसमा सिधा सेछमा धादिङ विजयी भएको थियो । धादिङबाट रोटरीयन रामचन्द्र गिरी र राममल्ल ठकुरीले खेलेका थिए ।
तेस्रो डिष्ट्रिक लेवल व्याडमिन्टन प्रतियोगता २०२३ मा भाग लिन रोटरी क्लव अफ धादिङका अध्यक्ष रोहित भण्डारी आफै बुटवल पुगेका थिए । रोटरी क्लव मानविय सेवामा सहयोग गर्दै आएको संस्था हो ।
