
धादिङ । धादिङबेसी स्थित न्यू किवो बोर्डिङ स्कुलले खेल उत्सव सम्पन्न गरे सँगै आज पुरस्कार वितरण गरेको छ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ र नीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुखनारायण प्रसाद वाग्लेको विशेष आतिथ्यतामा तथा विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीको सभातित्वमा खेल उत्सव समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
माघ ६ गतेबाट चलेको उक्त खेल उत्सवमा फुटबल, भलिबल, कबड्डी लगायत ६५ वटा खेलहरु समावेश गरिएको शिक्षक सिताराम महतले धादिङपोष्टलाई बताए । उनका अनुसार फुटबल, भलिबल लगायतका खेलहरु जित्दै ११५५ अंकका साथ रातो सदन प्रथम भयो भने, ९२० अंक सहित निलो सदन दोस्रो भएको थियो ।

यस्तै महिला शिक्षिकहरुको फुटबलमा चण्डीका अधिकारी नेतृत्वको टिम प्रथम भएको थियो भने पुरुष शिक्षकहरु बीचको फुटबलमा प्रिन्सिपल प्रयास रेगमीको टिम प्रथम भएको थियो । त्यसैगरी अभिभावकहरुको म्यूजिकल चियर खेलमा जुना खत्री प्रथम र राजेन्द्र लम्साल दोस्रो भए ।
