
धादिङ । वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा बेनीघाट रोराङ गाउँपालिका ९ मझिमटार स्थित शंखादेवी माध्यमिक विद्यालयको ५७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।
प्रमुख अतिथि मन्त्री थपलियाले शुभकामना मन्तव्य राख्दै शिक्षा र स्वास्थ्यलाई पहिलोमा र दोश्रोमा विकास निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्ने बताएका थिए ।
उक्त कार्यक्रममा वागमती प्रदेशका सांसद कृष्णप्रसाद सिलवाल, गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया
(विवेक) को विशेष आतिथ्यता, उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, शिक्षा शाखा प्रमुख बोधराज पाठक लगायतको आतिथ्यता रहेको थियो ।
वार्षिकोत्सवका अवसरमा साताव्यापी खेलकुद, नाँचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु भएको थियो भने शिक्षक तिलक बहादुर प्रजा, युवराज पौडेल, सुनिता थापा भट्टराई सम्मानित भएका थिए ।
