
धादिङ । धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा ग्रामिण यातायात धादिङ प्रा.लि. को व्यवसायीक भेला सम्पन्न भएको छ । ३ दिन पहिला सिद्धलेक गाउँपालिका स्थित कालीदह सम्पन्न अधिवेशन नयाँकार्य बने सँगै आज काठमाडौंमा ग्रामिण यातायात धादिङ प्रा.लि. को व्यवसायीक भेला सम्पन्न गरेको हो ।
धादिङबेसी सदरमुकामबाट काठमाडौं, पोखरा, नारायणघाट, बीरगंज, धादिङ ग्रमिण क्षेत्रहरुमा सेवा दिई रहेको यस प्रा.लि. को भेलामा सहभागि वक्ताहरुले नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सपलताको शुभकामना दिएका थिए ।
३ दिन अघि सम्पन्न कालिदह अधिवेशनले राजेन्द्र अधिकारी अध्यक्ष र उमेश श्रेष्ठ महासचिव रहेको पुरा नै कार्यसमितिलाई पुन निर्वाचित गरेको थियो ।
