
धादिङ । बाग्लुङमा २०७८ पुष २६ गते हाजिर भई प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रुपमा कार्यरत रमेश ढकाललाई गृह मन्त्रालयले धादिङ सरुवा गरेको छ भने २०७८ आश्विन १ गते देखि धादिङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा काम गरेका कृष्णप्रसाद लम्साल नवलपरासी सरुवा भएका छन् ।
यस्तै कालिकोटमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रुपमा रहेका रामहरि शर्मा सहायक सीडीओका रुपमा धादिङ सरुवा भएका छन् भने धादिङका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहन कुमार थापा प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रुपमा मुगु सरुवा भएका छन् ।
गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओ सहित ७० जनाको काज सरूवा गरेको हो । पप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम ९सहसचिव० र द्वितीय श्रेणी ९उपसचिव०समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
