सत्ता गठबन्धनको १४ सीटमा आ-आफ्नै उम्मेदवार

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७९

काठमाडौं । सत्ता गठबन्धनका दलहरु बीच १४ सिटमा सहमति हुन नसक्दा आ आफ्नै उम्मेदवार उठाएका छन् । ति क्षेत्रमा मित्रवत प्रतिस्पर्धा हुने उनीहरुले जनाएका छन् ।

गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्दै सहमति हुन नसकेका १४ सिटमा मित्रवत प्रतिस्पर्धा हुने जनाएका हुन् ।

यी हुन् मित्रवत प्रतिस्पर्धा हुने क्षेत्रहरु

प्रतिनिधिसभा
धनुषा २ – कांग्रेस र नेकपा एस
सर्लाही २ – माओवादी र लोसपा
काठमाडौं १० – कांग्रेस र माओवादी

प्रदेशसभा
सर्लाही १ (१) – माओवादी र लोसपा
महोत्तरी २ (२) – नेकपा एस र लोसपा
बारा १ (२) – कांग्रेस र नेकपा एस
पर्सा ३ (२) – कांग्रेस र नेकपा एस
काठमाडौं ३ (२) – कांग्रेस र नेकपा एस
काठमाडौं ५ (२) – कांग्रेस र नेकपा एस
काठमाडौंं १० (१) – कांग्रेस र माओवदाी
काठमाडौं ६ (२) – कांग्रेस र माओवादी
बाँके २ (१) – कांग्रेस र नेकपा एस
बाँके २ (२) – कांग्रेस र माओवादी
कन्चनपुर २ (२) – कांग्रेस र नेकपा एस
कन्चनपुर ३ (१) – माओवादी र नेकपा एस
छलफल जारी
स्याङ्जा २ (१) – कांग्रेस र नेकपा एस
हुम्ला १ – माओवादी र नेकपा एस
सुर्खेत २ (१) – कांग्रेस र नेकपा एस
सुर्खेत २ (२) – माओवादी र नेकपा एस
बाजुरा १ – माओवादी र नेकपा एस