परिवर्तन विरोधीलाई हराउन सत्ता गठबन्धन -सिंखडा

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७९

धादिङ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य अप्सरा सिंखडा (दिपा) ले परिवर्तनको विरोधीलाई हराउन सत्तागठबन्धनले साझा उम्मेदवार उठाएको बताएकी छिन् । प्रेस सन्टर धादिङले दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि सिंखडाले शुभकामना मन्तव्य राख्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी हुन् ।

कार्यक्रमका विशेष अतिथि एवम् केन्द्रिय सदस्य रामबहादुर भण्डारीले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनमा विजयी गराएर परिवर्तनलाई संस्थागत गराउनुपर्ने बताएका थिए । यस्तै नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सहसचिव दलबहादुर बुर्लाकोटी (विजय) ले प्रेस सेन्टरले वर्गिय धरातल विर्सन नहनु बताउँदै सत्ता गठबन्धनका चुनावी एजेण्डालाई आम मतदाता सम्म पुर्याउन सहयोग गर्न निर्देशन दिएका छन् । प्रेस सेन्टर स्वतन्त्र निकाय हैन माओवादीको सुभेक्षुक संगठन हो पार्टीको निर्देशन पूर्णरुपमा कार्यन्वयनमा लान समेत उनले आग्रह गरेका थिए ।

नेकपा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेस) ले प्रेस सेन्टर चुनावको बेला मात्रै नभई पार्टी कै एउटा अंग भएकोले सधैं जनपक्ष्यि बन्न र पार्टीको प्रचार अंग भएकोले पार्टीको हरेक गतिविधि प्रेस संगठनले जनताकोमा पुर्याउनु पर्ने दायित्व निर्वाह गर्नुपर्ने बताएका थिए ।

x