
लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेका हौं ।’ -देउवा
प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहन्छ । -प्रचण्ड
संघीयतालाई समाप्त पार्नेहरुका विरुद्ध गठबन्धन -नेपाल
काठमाडौं । बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सत्ता गठकन्धनका ठुला दलका तीन प्रमुखहरुले अहिलेको गठबन्धन आवश्यकतामा भएकोले गठबन्धनको विकल्प नभएको बताएका छन् ।
‘यो संविधान समावेशी छ, संविधानको हामीले रक्षा गर्नुपर्छ । संविधानलाई हामीले स्थायी शान्तिको रुपमा लिएका छौं । अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको संविधानको चर्चा हुन्छ’ यहि संविधान जोगाउन गठबन्धन अपरिहार्य थियो, छ र रहने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकतन्त्रको मूल्य मान्यता कुल्चिएर संविधानलाई धुजा पार्ने हरु विरुद्ध संघीयताको उपलब्धि नै धराप पार्नेहरु विरुद्ध सत्तागठबन्धन बनेको बताएका थिए । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले व्यक्तिवादमा डुबेर संविधान र राज्यभन्दा माथि ठान्ने ओलीको हिटलर प्रवृत्ति विरुद्ध गठबन्धन बनेको बताएका थिए ।










































