प्रतिगामीहरु हराउन इमान्दार बनौं -जमकट्टेल

Avatar photo
Dhadingpost
अशोज २९, २०७९

धादिङ । माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले प्रत्यक्ष तर्फ सत्ता गठबन्धनका उम्मेदवारले जित्नै पर्ने र प्रतिगनलाई हराउनै पर्ने बताएका छन् । माओवादी केन्द्र गजुरीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा कार्यकर्तालाई निर्देशन दिँदै धादिङ क्षेत्र नं. १ प्रदेश (ख) का उम्मेदवार समेत रहेका जमकट्टेलले प्रत्यक्ष तर्फ सत्ता गठबन्धनका उम्मेदवार र समानुपातिक तर्फ माओवादीको गोलाकार भित्र हँसिया हथौंडा भोट माग्न जनताकोमा जान निर्देशन गरेका छ् ।

को उम्मेदवार छ त्यो गौंण हो । उम्मेदवार प्रति टिकाटिप्पणी छाडेर राजनीतिक दृण्टिकोण बनाई सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनु र प्रतिगमनकारीहरुलाई हराउनु माओवादीको मुख्य चुनावी लक्ष्य भएको बताउँदै नेता जमकट्टेलले समानुपातिकमा भने माओवादीलाई भोट माग्न निर्देशन गरेका हुन् । उनले तिहार अगाडी सम्म सबै वडामा निर्वाचन परिचालन समिति गठन गरि सक्न पालिकाका नेताहरु वडाको नेतृत्व गरेर चुनाव केन्द्रित बन्न समेत निर्देशन दिएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु कृष्ण बहादुर थपलिया (विवेक), संगिता कडेल (दिपा), राजन रेग्मी (निशाल) र तारा भण्डारीले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।