आत्म समर्पण गर्न आएका सन्दीप लामिछाने पक्राउ

Avatar photo
Dhadingpost
अशोज २०, २०७९

काठमाडौं । कतार एअरवेजको जहाजबाट आत्मसमर्पण गर्न आएका सन्दिप लामिछाने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै पक्राउ परेका छन् ।

आत्मसमर्पण गर्न आउन लागेकाे पुर्व जानकारी दियर आएका लामिछानेलाई पक्राउ गर्न विमानस्थल ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको थियाे। ठूलो संख्यामा प्रहरी खटाइएको थियाे ।

उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियाे तर प्रहरीले समात्न नसकि रहेकाे अवस्थामा उनी अाफै पुर्व सुचना दियर अात्मसमर्पणका लागि नेपाल अाएका थिए ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । नेपालमा आफूविरुद्ध जाहेरी पर्दा भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आवद्ध थिए ।

अफ्रिकी मुलुक केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला सकेर सीपीएल खेल्न उतैबाट वेस्ट इन्डिज लागेका लामिछाने सीपीएलमै व्यस्त थिए । सीपीएल चलिरहेकै बेला काठमाडौंमा एक किशोरीले लामिछानेविरुद्ध गौशाला प्रहरीमा जबर्जस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । जाहेरीमा भदौ ५ गते लामिछानेले ती किशोरीलाई जबर्जस्ती नगरकोट पुर्‍याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्‍याई जबर्जस्ती करणी गरेको उल्लेख छ । लामिछाने भदौ ६ मा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।जाहेरीमा उनी नैराेबी उड्नु अघिल्लाे रात घटना भएकाे उल्लेख छ । तर, घटनाको दुई सातापछि मात्रै पीडित प्रहरीमा पुगेकी थिइन् ।